• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पेरुका पूर्व राष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म ५ पुर्व राष्ट्रपति पक्राउ


  • धनकुटा खबर
  • .

लिमा, २९ साउन । दक्षिण अमेरिकी राष्ट्र पेरु पुर्व राष्ट्रपतिलाई हिरासतमा राखिएको छ।

पेरूका एक न्यायाधीशले देशका पूर्व राष्ट्रपति मार्टिन भिज्कारालाई घुसखोरीको आरोपमा पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएका हुन्।
 
बुधवारको सुनुवाईमा न्यायाधीश जर्ज चाभेजले भिज्काराले देश छाडन सक्ने भन्दै कम्तिमा ५ महिना हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएका हुन् । उनीमाथि ११ वर्षअघि मोक्वेगुवा क्षेत्रको गभर्नरको कार्यकालमा घूस लिएको आरोप लागेको थियो ।
 
विजकारा पेरुमा हिरासतमा परेका पाँचौं पूर्व राष्ट्रपति हुन्, जुन विगत धेरै वर्षहरूमा असंख्य घोटाला र राजनीतिक संकटले चकित पारिरहेको छ । पेरुमा सन् २०१८ यता ६ जना राष्ट्रपति भएका छन् ।
 
आफ्नो पक्षको लागि विजकाराले उनी विरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन । उनले बर्तमान सरकारबाट भएको राजनीतिक उत्पीडनको एक घटनाको रूपमा यसलाई लिएको जनाएका छन ।
 
सन् २०२६ मा हुने पुनः राष्ट्रपतिमा उम्मेदवारी दिने योजना बनाइरहेको बेला उनी हिरासतमा जानु परेको हो । 
 
एक न्यायाधीशले गत जुनमा उनलाई हिरासतमा राख्नको लागि सरकारले गरेको अघिल्लो अनुरोधलाई अस्वीकार गरेका थिए । तर, पछि पेरूको गृह मन्त्रालयले पुर्व राष्ट्रपतिले देश छाडेर जान सक्ने उच्च जोखिम भएको कुरामा अदालतमा जोड दियो र निर्णयको लागि अपील पनि गरेको थियो । जसको माग अहिले अदालतले पुरा गरिदिए पछि पुर्व राष्ट्रपति हिरासतमा रहनु पर्ने भएको हो ।  
 
अन्य तीन पूर्वराष्ट्रपतिहरू क्रमशः अलेजान्ड्रो टोलेडो, ओलान्टा हुमाला र पेड्रो कास्टिलोलाई हाल राजधानी लिमाको एक प्रहरी बेसमा राखिएको छ, देशका पूर्व नेताहरूका लागि बनाइएको विशेष सुविधा सम्पन्न जेलमा उनीहरूलाई राखिएको छ। सन २०२० मा संसदीय छानबिन पछि जिम्मेवारीवाट हटाएको भिजकारा सम्भवतः पुर्व राष्ट्रपति बसेका हिरासतमा घरमा नै रहनेछन । 
 
उनका वकिलहरूले उनी आफ्नो हिरासतमा पुनरावेदन गर्ने बताएका छन्।
 
तर, आलोचकहरूले पेरुको कांग्रेसलाई ‘अनैतिक असक्षमता’ जस्ता अस्पष्ट आरोपहरू प्रयोग गरी राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध अपमानजनक महाभियोग प्रयास सुरु गरेको आरोप लगाउँदै आएका छन्।
यसै, सुबिधा सम्पन्न हिरासतमा यसअघि पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई राखिएको थियो, जसलाई २००९ मा २५ वर्षको जेल सजाय सुनाइएको थियो । उनी माथी मानव अधिकार हननको लागी उनले तानाशाही शासन गरेको अभियोग लगाईएको थियो ।  मानव अधिकारको अन्तर–अमेरिकी अदालतको आदेशको अवहेलना गर्दै २०२३ मा उनलाई विवादास्पद रूपमा माफी दिइयो । तर, अर्को वर्ष उनको क्यान्सरबाट मृत्यु भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖