भारतको जम्मू कश्मीरको किश्तवाडको स्थित चाशोती क्षेत्रमा बादल फुटेकोछ। बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै प्रकृतिले विनाश मच्चाएको छ।
यहाँ बादल फुट्दा ३३ जनाको मृत्यु भएको छ भने अहिले सम्म ५० जनाको उद्धार गरिएको छ।
यस्तै घटनामा १२० भन्दा बढी घाइते र २०० भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो।
