• Monday 5th of October 2026

‘शोले’ रिलिज भएको ५० बर्ष पुरा, १० मिनेटको सिन खिच्न २० दिनकाे मेहनत


  • धनकुटा खबर
  • .

मुम्बई, ३० साउन । मितिः १५ अगस्त, वर्ष  १९७५ ।

 

सो दिन एउटा सिनेमा हलहरूमा रिलिज भयो, नाम थियो– शोले।

 

सुरू सुरुमा यो फिल्मले दर्शकबाट खासै प्रतिक्रिया पाएन । कतिसम्म भने यो फिल्म फ्लप हुने पनि भन्न थालिएको थियो । कारण, फिल्मको क्लाइमेक्समा अमिताभ बच्चनको चरित्र जयको मृत्यु देखाइएको थियो। निर्देशक रमेश सिप्पीलाई अमिताभका फ्यानलाई उनको मृत्यु मन नपर्ने भएकाले यसलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए ।

 

रमेश सिप्पीलाई पनि यो सुझाव एक क्षणको लागि सहि पनि लागेको थियो तर लेखक सलीम खान र जावेद अख्तरलाई भने आफ्नो कथामा पूर्ण भरोसा थियो, त्यसपछि क्लाइमेक्स परिवर्तन नगर्ने निर्णय गरियो।

 

रिलिज भएको केही समय पछि मात्रै फिल्मले राम्रो प्रदर्शन गर्न थाल्यो, माउथ पब्लिसिटी हुन थाले पछि दर्शकबाट फिल्मले निरन्तर प्रशंसा पाउन सुरू गरेको थियो । र त्यसपछि विस्तारै शोले बक्स अफिसमा ब्लकबस्टर बन्यो। र, यो ब्लकबस्टर मात्र होइन हिन्दी सिनेमाको प्रतिष्ठित फिल्म पनि बन्न सफल भयो।

 

अमिताभ–धर्मेन्द्रको जोडी होस्, सलिम–जावेदको कथा नै किन नहोस्, रमेश सिप्पीको निर्देशन होस्, गब्बरको संवाद होस् वा ठाकुरको मनोवृत्ति, सबै कुराले दर्शकको मन जित्न सफल भयो ।

खासमा निर्देशक रमेश सिप्पीले ‘शोले’का हरेक दृश्यलाई पर्दामा निकै गम्भीरताका साथ प्रस्तुत गरेका थिए । यस फिल्ममा एउटा सीक्वेन्स पनि छ, जसको लम्बाइ करिब १० मिनेट मात्रै छ तर त्यो १० मिनेटको सिक्वेन्स शूट गर्नका लागि मात्रै २० दिन लागेको थियो । यो फिल्मले आज अगस्ट १५ मा रिलिज भएको ५० वर्ष पूरा गर्दैछ । 

 

यस अवसरमा, हामी तपाईंलाई त्यो घटना क्रमको बारेमा बताउँछौं,

 

फिल्ममा एक ट्रेन सिक्वेन्स छ, जसमा अभिनेता सञ्जीव कुमारले पुलिस अफिसर ठाकुर बलदेव सिंहको भूमिका निर्वाह गरेका छन्। जय अर्थात अमिताभ बच्चन र वीरु अर्थात धर्मेन्द्रको हातमा हथकडी छ । ठाकुर बलदेव सिंहले ती दुवैलाई सोध्छन्,

‘किन यस्ताे (चोरी) काम गर्दै हुनुहुन्छ ? 

धर्मेन्द्रले जवाफ दिएका छन, ‘जसको लागि पुलिसको काम गर्छ, पैसा।’

 

यसै क्रममा यो देखाइएको छ कि अचानक घोडामा सवार धेरै डाकुहरूले रेलमा आक्रमण गर्छन्। ठाकुर साहेबको सेना कम हुन्छ, त्यसैले उनले डाँकुहरूसँग व्यवहार गर्न जय–वीरुलाई खोलिदिन्छन । यो यस फिल्मको उत्कृष्ट दृश्य मध्ये एक हो। करिब १० मिनेटको यो सिलसिलामा धेरै एक्शन देखाइएको छ ।

 

यो सिलसिला पर्दामा केही मिनेटको मात्रै हो तर यसको पछाडि निर्माताको धेरै दिनको मेहनत छ । यो सिलसिला खिच्न २० दिन लाग्यो। यो दृश्य मुम्बई–पुणे रेल मार्गको पनवेलमा छायांकन गरिएको थियो। यो फिल्म रिलिज भएको ५० वर्ष भइसक्दा पनि आज पनि यो तस्विर एकदम ताजा देखिन्छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖