• Monday 5th of October 2026

‘शोले’मा सबैभन्दा बढी पारिश्रमिक लिने धर्मेन्द्र, एक कलाकारलाई त बदलामा फ्रिज


  • धनकुटा खबर
  • .

मुम्बई, ३० साउन । धर्मेन्द्र र अमिताभ बच्चनको जय–विरु जोडीको कल्ट क्लासिक फिल्म शोलेले आजवाट ५० वर्ष पूरा गरेको छ। 

 

अहिले पनि सिनेमा प्रेमीहरूमा यो चलचित्र प्रतिको चासो घटेको छैन । हो, स्वतन्त्रता दिवस शोलेले ५० वर्ष पूरा गरेको छ । १५ अगस्ट १९७५ मा रिलिज भएको शोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए। यो ७० को दशकको सबैभन्दा कमाउने फिल्म पनि हो । शोलेको बजेट ३ करोड थियो र यसले बक्स अफिसमा ३५ करोड कमाएको थियो। 

 

यस फिल्मको स्टार कास्टले त्यो बेला पनि निकै ठूलो रकम पारिश्रमिक लिएका थिए । धर्मेन्द्र, अमिताभ बच्चन, अमजद खान, सञ्जीव कुमार, हेमा मालिनी र जया बच्चनले शुल्क लिएका थिए तर एक अभिनेताले भने शुल्क लिएनन्, बदलामा उपहार फ्रिज पाएका थिए । 

 

शोलेका लागि धर्मेन्द्रले सबैभन्दा बढी पारिश्रमिक १ लाख ५० हजार पाएका थिए । यसपछि बाँकी स्टारकास्टले धर्मेन्द्रभन्दा कम पारिश्रमिक पाएका थिए तर ६५ वटा चलचित्रमा बाल कलाकारको रुपमा काम गरिसकेका यी कलाकारलाई निर्माताले पारिश्रमिकको सट्टा फ्रिज दिएका थिए । यी अभिनेताले ५० भन्दा बढी चलचित्र निर्देशकसँग काम पनि गरिसकेका छन् । वास्तवमा हामी अभिनेता सचिन पिलगांवकरको कुरा गर्दैछौं। जसले फिल्म शोलेमा ‘अहमद’ नामका केटाको भूमिका निभाएका थिए । सचिनले आफ्नो फिल्मबाट राष्ट्रिय पुरस्कार पनि जितेका छन् ।

 

शोलेका बाँकी स्टार कास्टको पारिश्रमिकको कुरा गर्दा सञ्जीव कुमार (१.२५ लाख), अमिताभ बच्चन (१ लाख), हेमा मालिनी (७५ हजार), अमजद खान (६५ हजार), जया बच्चन (३४ हजार), म्याक मोहन (१२ हजार), विजु हान (१२ हजार)सहित कुल मिलाएर शोलेको सम्पूर्ण स्टार कास्टको शुल्क ४.३५ लाखमा तय गरिएको थियो।

 

यसपछि शोलेले १९६० मा रिलिज भएको फिल्म मुगल ए आजमको १०.१८ करोड कमाइको रेकर्ड पनि तोड्यो, जुन १५ वर्षसम्म सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड बोकेर बसिरहेको थियो ।

 

तपाईलाई बताउ कि फिल्म शोले ७० को दशकको सबैभन्दा बढी कमाई गर्ने फिल्म हो, जसले बबी, मुकद्दर का सिकन्दर, रोटी कपडा और मकान, अमर अकबर एन्थोनी जस्ता ब्लकबस्टरहरू भन्दा पनि कमाईमा अगाडि रहेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖