• Monday 5th of October 2026

प्रचण्डको क्यारिकेचर गर्दा कमेडियन विकास अर्याललाई धम्की


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । दुई दिनअघि सार्वजनिक कमेडी दरबारको नयाँ एपिसोडमा अर्यालले प्रचण्डको क्यारिकेचर गरेका थिए।

उक्त क्यारिकेचनमा एक घाइते पूर्वलडाकुसँग प्रचण्डको संवादलाई देखाइएको छ । संवादका क्रममा एउटा सन्दर्भमा ‘पाँच हजारको जिम्मा लिएपछि जुठै बारौं कि भन्ने लाग्यो’ भनेर बोलेका थिए । अर्को दृश्यमा नक्कली प्रचण्डले भन्छन्, ‘म युद्ध मात्रै लडेको होइन, चुनाव मात्रै लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लड्या मान्छे हो ।’

यी दुई संवादलाई लिएर आफूलाई धम्कीपूर्ण फोन कल आएको कमेडियन विकास अर्यालले बताए । उनले भने, ‘म प्रचण्डको फ्यान हो भन्दै नयाँ नम्बरबाट फोन आएको थियो । किन प्रचण्डलाई त्यस्तो भनेको, त्यो तुरुन्तै हटाउनू नत्र राम्रो हुँदैन भनेर थर्काएको थियो । मैले केही नबोली फोन काटिदिएँ । नम्बरलाई ब्लकमा राखिदिएँ ।’

अर्याललाई हिजो बिहान फोन आएको थियो । कमेडी दरबारको नयाँ एपिसोडमा ‘माग्ने राजा’ चलचित्रको टिमलाई अतिथिको रुपमा बोलाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖