• Monday 5th of October 2026

नम्रतालाई रिसिभ गर्न एयरपोर्टमा पुगे सलिन, प्रेमको चर्चा


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ फेम्ड अभिनेता सलिनमान बनिया पछिल्लो समय चलचित्र अभिनयबाट टाढा छन् । तरपनि उनको चर्चा भैरहन्छ ।

उनको पछिल्लो चर्चा मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एक दृश्यको कारण भएको हो । उनी पूर्वमिस नेपाल तथा ‘रंगी’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठसँग एकसाथ देखिए ।

मुम्बईबाट काठमाडौं उत्रिएकी नम्रतालाई रिसिभ गर्न सलिन त्यहाँ पुगेका थिए । मास्क लगाएका दुवैजना मिडियाको क्यामेराअघिबाट एकसाथ बाहिरिएका थिए ।

संयोग के भैदियो भने, त्यतिबेला एयरपोर्टको आगमन कक्षमा मिडियाको बाक्लै उपस्थिती थियो । राती भएपनि मिडियाकर्मी मुम्बईबाट आइपुगेकी अभिनेत्री निरुता सिंहको आगमनलाई कभरेज गर्न त्यहाँ पुगेका थिए ।

ठीक त्यही समयमा सलिन र नम्रता त्यहाँ देखिएका हुन् । सलिन र नम्रता निकट स्रोतका अनुसार दुवैजना अहिले नजिकका मिल्ने साथीको रुपमा छन् । उनीहरू केही महिनादेखि प्रेम सम्बन्धमा रहेको चर्चा पनि छ । यद्यपि, दुवैले सार्वजनिकरुपमा खुलेर बताएका छैनन् ।

सलिन पहिला अस्प्रिना जिन्हा श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए । तर, ती दुई अहिले अलग भएको चर्चा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖