गाजामा ६८२ दिनदेखि बेपत्ता रहेका नेपाली बिपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा आज यरुशलममा ‘१०१ सिफ्ट’ मौन विरोधमा सहभागी भए।
सयौं आमाबीच बोल्दै पुष्पाले अनुरोध गरिन्- “यो पीडा मेरो मात्र होइन, सबै परिवारको हो। मेरो दाई मात्रै होइन, बाँकी सबैलाई पनि सुरक्षित घर फर्काइदिनुस्। हरेक आमा–बुबा, दिदी–बहिनी र छोरा–छोरीको खुशी फर्काइदिनुस्।”
उनले जोड दिँदै भनिन्, “सबै अपहरित फर्किएपछि मात्र इजरायल फेरि जनताको अनुहारमा हराएको मुस्कान फिर्ता आउनेछ।”
