• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इमरान खानले पाए ८ वटा मुद्दामा सफाइ


  • धनकुटा खबर
  • .

इस्लामबाद, ६ भदौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ को दंगासँग सम्बन्धित ८ वटा मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ ।

प्रधानन्यायाधीश याह्या अफ्रिदीको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो निर्णय गरेको हो । यसअघि लाहोर उच्च अदालतले जुनमा इमरानको जमानत याचिका खारेज गरेको थियो।
 
इमरानले दंगाको समयमा आफू एनएबीको हिरासतमा रहेकोले घटनामा संलग्न हुन सम्भव नभएको तर्क गरेका थिए। उनले एफआईआरमा लगाइएको आरोप निराधार भएको बताए ।
 
प्रहरीले साक्षीको बयान, व्हाट्सएप च्याट र भ्वाइस म्याचिङ टेस्टलाई उद्धृत गरेको थियो । तर, सर्वोच्च अदालतले प्रमाणहरू ट्रायल कोर्टमा मात्रै जाँच्ने बताएको छ।
 
इमरान खान अप्रिल २०२२ मा अविश्वास प्रस्ताव मार्फत सत्ताबाट हटाइए पछि कैयौं मुद्दामा जेलमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖