काठमाडौं । हास्य कलाकार भरत मणि पौडेल, कैलाश कार्की र सुमन कोइराला क्यानडा प्रस्थान गरेका छन्।
उनीहरू क्यानडामा आयोजना हुने ‘अब हास्छ क्यानडा’ कार्यक्रममा लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।
अगस्ट ३० मा मिसिसाउगा शो र सेप्टेम्बर ६ मा एडमन्टन शो हुने छ। भरत मणिले पूर्वयुवराज पारस शाहको अभिनय गर्ने छ्न्। कैलशले भिखारि र सुमनले स्ट्यान्ड अप गर्ने बताइएको छ।
