• Monday 5th of October 2026

गोविन्दाकी पत्नीले सम्बन्ध विच्छेदका लागि दिइन् अदालतमा निवेदन


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दकी पत्नीले सुनीता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सुनीताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेकी छन्।

हटरफ्लाइको रिपोर्टअनुसार सुनीताले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन्।

रिपोर्टको दाबीअनुसार पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि दुवै जना मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन्। सुनीता अदालतमा उपस्थित भइरहे पनि गोविन्दा भने गायब भएका छन्।

गोविन्दासँग सम्बन्धित एक नजिकको स्रोतले भने यो रिपोर्ट अस्वीकार गरेको दैनिक भास्करले जनाएको छ। साथै गोविन्दाका प्रबन्धकले पनि यो रिपोर्ट अफवाह भनेका छन्।

नाम मराठी अभिनेत्रीसँग जोडिएको थियो

छ महिनाअगाडि पनि गोविन्दा र सुनीताबीच सम्बन्ध विच्छेद हुन लागेको खबरले सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो। त्यतिबेला पनि ६१ वर्षीय गोविन्दा मराठी अभिनेत्रीसँग अफेयरमा रहेको चर्चा थियो। तर पिछि सुनीता आफैँले सम्बन्ध विच्छेद गर्न लागेको खबर झुटो भनेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖