• Monday 5th of October 2026

कतारबाट आएर मेरो भ्वाइस युनिभर्सको फाइनल सम्म पुगेकी जुनु प्रसाईले सबैलाई धन्यवाद दिंदै यसो भनिन्…


  • धनकुटा खबर
  • .

हार्दिक आभार तथा कृतज्ञता सम्पूर्ण शुभचिन्तकहरुमा !!!

गीत संगीतको विराट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा प्लेटफर्म “Mero Voice Universe Season 2” को प्रतिस्पर्धामा म हजुरहरुकै छोरी चेली, दिदीबहिनी जुनु प्रसाई जिताउ अभियानमा’ जो जसरी अन्तस्करणबाट लाग्नुभयो सबै प्रती नतमस्तक छु! र सबैमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु!

निश्चय पनि यो एउटा प्रतिस्पर्धा मात्र थिएन, आफ्नो प्रतिभा देखाउने एउटा असल विराट प्लेटफर्म पनि रहेको थियो। आफ्नो योग्यता, क्षमता र प्रतिभा देखाउँदै सम्पूर्ण निर्णायक र शुभचिन्तकहरूको साथ सहयोगबाट म यहाँ सम्म को यात्रा तय गर्न सकेँ!
जस्को लागि निर्णायक ज्यु हरु र आयोजक टिम Mero Voice Universe प्रति आभारी छु।

पहिलो र दोस्रो सिजनमै एकमात्र फिमेल कन्टेस्टेन्टको रूपमा रहँदै फाइनल सम्म आउनु मेरो अहोभाग्य को कुरा थियो, काठमाडौँमा उपलब्ध हुनुभएका काकाबुवाहरु सहित कोरिया र कतार मा रहनुहुने अग्रजहरुको समर्थनमा एउटा अभियान “जुनु प्रसाई जिताउँ अभियान” निर्माण गरि सहजीकरणका निमित्त लाग्ने निर्णय भए बमोजिम देश विदेशमा रहनुभएका शुभचिन्तकहरुलाई हात फैलाई जसको परिणाम स्वरूप नगद, जीवन बीमा सहित विभिन्न गिफ्ट ह्याम्पर सहित सेकेन्ड रनर अपको महत्त्वपूर्ण ट्रफी हात पार्न सफल भएँ।

यो विराट प्रतिस्पर्धामा भित्री मन, मुटु र मस्तिष्कबाट नै सहयोग गर्नुहुने लोकदोहोरी प्रतिष्ठान कतार, ताप्लेजुङ समाज, तेह्रथुम सरोकार समाज, हाङपाङ समाज हङकङ, हाङपाङ समाज युके, प्रसाई ट्रष्ट झापा जिल्ला कमिटी, सुनसरी जिल्ला कमिटी, मोरङ जिल्ला कमिटी लगायतका कयौ संघसंस्थाहरू, पर्वत समाज कतार, गायन समाज र विभिन्न संस्थाको तर्फबाट अगुवाई गर्नुहुने ब्यक्तित्वहरु, बिभिन्न क्षत्रका व्यक्तित्वहरू सम्पूर्णमा आभार, धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

शुभचिन्तकहरूले दिनुभएको एक एक भोटले नै विजेता हुन हामीलाई महत्वपूर्ण सहयोग पुगेको महसुस गरेका छु! याहाँहरु सबैजनाको साथ सहयोग र आशिर्वादले हामिले मिनेट मिनेटलाई र पल पललाई भोटमा परिणत गर्न सफल भयौं।

अन्तत: परिणाम सुखद आयो। यसको लागि संसारका जुनसुकै ठाउँमा रहनु बस्नु भएका समस्त मनकारि आत्मा र सहयोगी हातहरुप्रती हार्दिक कृतज्ञता ब्यक्त गर्दै नमन गर्न चाहन्छु!

Intra-National Welfare and Support Foundation of America सदैव आभारी रहनेछु,

डाईरेक्टर सर विशाल सर, पवित्रा म्याम, साइराज जी, ईस्माईल जी, लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद !
डिजाईनर ज्यु हरु, मेकअप आर्टिस्ट, बाध्यवादन का सबै दादा हरु, पर्दापछाडि रहेर हामिलाई साथ दिनुहुने इडिटर ज्यु हरु, मिक्सिङ गर्नुहुने सर हरु, उद्घोषक ज्यु हरु, यातायात मा साथ दिने दाईहरु, होटेल एस्टोरिया, होटेल जन्मभुमि का परिवार लगायत हामिलाई हौसला दिन उपस्थित हुनुहुने दर्शक ज्यु हरु प्रति कृतज्ञ छु।

र अन्त्यमा प्रतिस्पर्धी साथीहरुलाई शुभकामना सहित आउदो साङ्गितिक यात्रा सुखद रहोस भनि कामना गर्दछु।
हामि फेरि कहि कतै भेट्नेछौँ |

सबैको जय होस!
जय ईन्ट्रा, जय गीतसङ्गित, जय नेपाल
धन्यबाद!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖