• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युक्रेनले गर्‍यो रूसको परमाणु केन्द्रमा ड्रोन हमला


  • धनकुटा खबर
  • .

एजेन्सी । युक्रेनले रूसको परमाणु केन्द्रमा ड्रोन हमला गरेको छ । आइतबार सीमावर्ती कुर्स्कमा रहेको परमाणु विद्युत केन्द्रमा युक्रेनले ९५ वटा ड्रोन खसालेको हो ।

ड्रोन हमलका कारण परमाणु विद्युत केन्द्रमा ठूलो क्षति पुगेको लेनिनग्राद क्षेत्रको एउटा प्रमुख इन्धन टर्मिनलमा भीषण आगलागी भएको छ । अगस्ट २४ युक्रेनले तत्कालीन सोभियत संघबाट स्वतन्त्रता घोषणा गरेको दिन हो।सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा राति एक ड्रोन खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्‍याएको थियो।युक्रेनी ड्रोन हमलाले परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको बताइएको छ ।

प्लान्टले विकिरण स्तर सामान्य रहेको र मानवीय क्षति नभएको स्पष्ट पारेको छ । अन्य दुई रिएक्टर उत्पादनविहीन अवस्थामा सञ्चालनमा रहेका छन् भने एक रिएक्टर मर्मतमा छ । यसबाहेक, फिनल्याण्ड खाडी किनारमा रहेको लेनिनग्राद क्षेत्रको उस्ट–लुगा बन्दरगाहमा पनि कम्तीमा १० वटा ड्रोन खसालिएका छन् ।

नोभाटेक कम्पनीद्वारा सञ्चालित विशाल इन्धन टर्मिनलमा परेको टुक्राले आगलागी भएको र आकाशमा कालो धुवाँको बाक्लो मुस्लो देखिएको छ। सो टर्मिनलमार्फत चीन, सिंगापुर, ताइवान, मलेशिया लगायतका एशियाली मुलुकमा नाफ्था, हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ।युद्धको समाधानका लागि शान्ति वार्ताका चर्चा भइरहे पनि युक्रेन र रूसबीचको लडाइँ अझै तीव्र छ। मोर्चासँगै अब दुबै मुलुकका भित्री भागमा समेत ड्रोन र मिसाइल आक्रमण बढ्दै गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖