• Monday 5th of October 2026

सामुदायिक कुकुरलाई मन्नतमा आश्रय दिन्छन् शाहरुख खान


  • धनकुटा खबर
  • .

बलिउडका सुप्रसिद्ध अभिनेता शाहरुख खान २०० करोड भारु बढी मूल्यको भव्य बंगला ‘मन्नत’ मा बस्छन् ।

मन्नतको इतिहासदेखि आलिसानसम्मको कुरा सधैंमा चर्चा हुने गर्छ । हालै भने मन्नतमा शाहरुखले सामुदायिक कुकुरलाई बस्न दिएको कुरा भारतीय सञ्चार माध्यम र इन्टरनेटमा भाइरल भइरहेको छ ।

सागर ठाकुर नामक प्रयोगकर्ताले इन्स्टाग्राममा सेयर गरेको भिडिओमा मन्नतको ढोकाभित्र सेतो रङको एउटा कुकुर सुतिरहेको देखिन्छ । त्यसको छेवैमा सुरक्षाकर्मी बसिरहेका छन् । त्यसवरपर मन्नतको पुनर्निर्माणको काम चलिरहेको देखिन्छ ।

यो हृदयस्पर्शी भिडिओ फ्यानहरूलाई मोहित पारेको छ । अझ रोचक कुरा शाहरुखका कर्मचारीहरूले उनको घर वरपरका सामुदायिक कुकुरहरूलाई हरेक दिन खाना खुवाउने गरेको दावी गरिएको छ ।

त्यस्तै मन्नतका कर्मचारीहरूले सुतिरहेको कुकुरलाई त्यहाँबाट नहटाएको कुरा भिडिओमा बताइएको छ । र, जनावरलाई आराम गर्नमा अवरोध नगरेकोमा प्रशंसा पनि गरिएको छ।

यस कार्यले सुपरस्टार खानको सार्वजनिक छविलाई झन् उज्यालो बनाएको छ । हाल धेरै फ्यानहरूले कमेन्ट सेक्सनमा उनी ‘एक साँचो दयालु व्यक्ति’ भएको भन्दै प्रशंसा गरिरहेका छन् ।

त्यसमाथि यो भाइरल भिडिओ सर्वोच्च अदालतले दिल्ली-एनसीआरमा सबै सामुदायिक कुकुरहरूलाई समातेर थुन्न आदेश दिएको बखत आएको हो । भलै त्यसमा अदालतले आफ्नो आदेश परिमार्जन गरिरहेको छ ।

यता बान्द्रास्थित समुद्री किनारमा रहेको ‘मन्नत’ मर्मत भइरहेका कारण शाहरुख र उनको परिवार भने मुम्बईको सबैभन्दा महँगो क्षेत्रहरूमध्ये एक पाली हिलमा रहेको एक आलिशान अपार्टमेन्टमा सरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖