• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गाजामा इजरायली हवाई आक्रमण, हमासका प्रवक्ता अबु ओबेदा मारिएको दाबी


  • धनकुटा खबर
  • .

एजेन्सी । गाजा सहरको घना आवासीय क्षेत्र अल–रिमलमा इजरायलले गरेको हवाई आक्रमणमा हमासको सशस्त्र शाखा ‘अल–कस्सम ब्रिगेड’का प्रवक्ता अबु ओबेदा मारिएको दाबी गरिएको छ ।

शनिबार राति गरेको आक्रमणमा उनी मारिएको दाबी इजरायलले गरेको हो ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले सार्वजनिक रुपमा ओबेदा मारिएको सूचना दिँदै उक्त कारबाहीमा संलग्न इजरायली रक्षा बल (आईडीएफ) र आन्तरिक गुप्तचर निकाय शिन बेटलाई बधाई दिएका छन् ।

काट्जले यसलाई गाजामा आतंकवादी संरचनाविरुद्धको ठूलो सफलता भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖