• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

६ म्याग्निच्यूडको भूकम्प


  • धनकुटा खबर
  • .

पूर्वी अफगानिस्तानमा गएराति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। पाकिस्तानसँगको सीमा नजिकै स्थानीय समयअनुसार राति ११:४७ बजे भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएका छन्। नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको बताइएको छ। प्रभावित प्रान्तहरू दुर्गम र कठिन भूभाग भएकाले मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

भूकम्प ८ किलोमिटर गहिराइमा गएको र त्यसपछि ४.५ देखि ५.२ म्याग्निच्यूडसम्मका कम्तीमा तीनवटा परकम्पन आएको बताइएको छ। धक्का काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म अनुभव गरिएको थियो।

कुनार प्रान्तका प्रहरी प्रमुखका अनुसार बाढी र भूकम्पपछि पहिरो आएकोले उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ। लिबान सरकारी अधिकारीहरूले दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि मानवीय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖