• Monday 5th of October 2026

दीपकराजसँग माफी माग्दै केदारले भने–तपाईँलाई अरूले लखेट्दा म मूकदर्शक बन्न बाध्य भए


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले अर्का कलाकार दीपकराज गिरिसँग माफी मागेका छन् । गिरिमाथि चौतर्फी हमला हुँदा समेत आफू मूकदर्शक बन्न बाध्य भएको भन्दै घिमिरेले माफी मागेका हुन् ।

आफू अभिनीत चलचित्रहरू कुनै प्रदर्शनमा त कुनै प्रदर्शनको क्रममा रहेकोले आफू मूकदर्शक बन्न बाध्य भएको उनले बताएका छन् । यस्तो समयमा आफ्ना अभिव्यक्तिले चलचित्रमा असर नपरोस् भनेर आफू मौन रहेको उनले बताएका छन् ।

उनले भनेका छन्– ‘धेरैले मलाई सकभर कम बोल्नू, विवादमा नपर्नू भनेर सल्लाह दिनुहुन्छ । अहिले मैले अभिनय गरेको चलचित्र “माग्ने राजा” प्रदर्शनरत छ, दसैँमा “माइतीघर” आउँदैछ साथै तिहारमा “जेरी अन टप” आउँदैछ ।

झन् यस्तो आफ्नो चलचित्र लाग्ने बेला त विवादमा बोल्दै नबोल्नू भन्छन्, ठिक छ अहिले केहि बोलिन तर तपाईँ (दीपकराज गिरि)चाहिँ कस्तो मान्छे जस्तो लाग्छ भने जब कसैलाई ठुलो आपत पर्छ ठिक त्यहीँ बोल्नुहुन्छ , यस अघि तपाईँले धेरै जनाको सपोर्टमा बोल्नुभयो र फोकटमा गालीहरू पनि भेट्नुभयो ।’

घिमिरेले थप लेखेका छन्–’समीक्षा बैनीको लागि बोल्नुभयो , एलिना बैनी को लागि बोल्नु भो, रवि दाइको बारेमा बोल्नुभयो, प्रकाश सपुतको लागि बोल्नु भो, सुरक्षा बैनीको बारेमा बोल्नुभयो, माग्नेलाई लखेट्दा काँध हाल्नु भो, अहिले रोहित अधिकारीलाई आड भरोस दिँदै हुनुहुन्छ । यसरी हेर्दा आज जसले तपाइलाई लखेट्दै छ भोलि उसैलाई पनि तपाईँले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिन्न ।

मलाइ लाग्छ जिस्का कोही नही होता है उसका दीपक राज गिरि होता है । अहिले यति मात्र ‘‘म केहि बोलिन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖