• Monday 5th of October 2026

‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो ।

ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ ।

यो फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖