काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै लामिछानेले कार्कीको नेतृत्वमा देशले स्थायित्व, समृद्धि र आशाको नयाँ बाटो पहिल्याउने विश्वास व्यक्त गरेका छन्।
लामिछानेले राष्ट्रपति, सेनाप्रमुख अशोकराज सिग्देल, र सुरक्षाकर्मीहरूको संयमपूर्ण भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
सन्दीपले ‘इतिहासकै साहसी जेनजी पुस्ताको बलिदान, आवाज र साहस’ को प्रशंसा गर्दै उनीहरूको योगदानले नयाँ नेपाल निर्माणको जग हालेको उल्लेख गरेका छन्। उनले अब सबै मिलेर त्यो सपनालाई साकार पार्दै दिगो भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
