अमेरिकाको फ्लोरिडामा एक नर्सलाई आफ्नै पतिले सौतेनी १५ वर्षीय छोरासँग यौन सम्बन्ध राखिरहेको अवस्थामा समातेपछि दुई वर्ष कैद सजाय सुनाइएको छ।
एलेक्सिस भोन याट्स नामकी नर्स गत वर्ष १५ वर्षीय सौतेनी छोरासँग डर लाग्दो चलचित्र हेरेर राति सोफामा बसेको बेला यौन सम्बन्धमा लिप्त भएको अवस्थामा उसका पति फ्र्याङ्क भोन याट्स घर फर्किँदै गर्दा समातेका थिए।
कोर्टका कागजातअनुसार, घटना अघि एक सातादेखि एलेक्सिसले किशोरलाई यौनजन्य टिप्पणी गर्दै आएको खुलेको छ। सो समयमा बालक आफ्ना दाजुभाइसँगै आमा-बुवाको घरमा गर्मी बिदा बिताइरहेको थियो।
सोमबार अदालतमा उपस्थित भएकी एलेक्सिसले no-contest plea मा सहमति जनाइन्। उनलाई “१२ देखि १६ वर्षबीचको नाबालकसँग अश्लील वा लम्पट व्यवहार” गरेको ठहर गर्दै दुई वर्ष राज्य कारागार सजाय, त्यसपछि दुई वर्ष समुदाय नियन्त्रण, र १० वर्षको sex offender probation सजाय दिइएको छ।
सजायको हिस्साका रूपमा उनलाई २०० घण्टा सामुदायिक सेवा, जरिवाना र अदालती खर्च तिर्नुपर्नेछ। साथै उनको नर्सिङ लाइसेन्स फ्लोरिडा स्वास्थ्य विभागले निलम्बन गरिसकेको छ।
पीडित बालककी आमाले अदालतमा बोलेर एलेक्सिसलाई “रक्तसम्बन्धीय बाल-यौन अपराधी” भन्दै कठोर शब्दमा आलोचना गरिन्। उनले एलेक्सिसले आफ्नो “घृणित कामप्रति कुनै पश्चाताप नगरेको” बताउँदै उनलाई “कायर” को संज्ञा दिइन्।
घटनापछि पिता फ्र्याङ्कले छोरालाई सामानसहित घरबाट लिएर हजुरबुबा-हजुरआमाको घर पुर्याएका थिए। तर अदालतमा जानकारी अनुसार, घटनापछि पिता र छोराबीच कुनै सम्पर्क भएको छैन। Source: Foxnews
