• Monday 5th of October 2026

आशिकाको प्रशंसा गर्दै शान्तिश्रीद्वारा आन्दोलनका घाइतेहरूका लागि आर्थिक सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्।

परियारले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै तामाङको अहोरात्रको मानवीय सेवाप्रति प्रशंसा गरेकी छन्। उनले घाइते र पीडित परिवारलाई अस्पतालदेखि घर–घरमा पुगेर लुगा, खाना, उपचार र हौसला पुर्‍याउँदै आएकी तामाङको कार्यले आफू प्रभावित भएको उल्लेख गरेकी छिन्।

‘हजुरले सुरु गर्नुभएको पवित्र कर्ममा सानो अंश मिसाउन मन लाग्यो,’ भन्दै परियारले आफ्नो सहयोग तामाङमार्फत घाइते र पीडितसम्म पुर्‍याइदिन आग्रह गरेकी छन्।

उनले आन्दोलनमा आम जनताले भोग्नुपरेको पीडा देख्दा आफू असहाय महसुस भएको र सहयोगले थोरै भए पनि मन हलुका बनाउन पाएको भाव व्यक्त गरेकी छिन्। शान्तिश्री परियारले तामाङको निरन्तर खटाइ र मानवीय सेवाभावलाई ‘ठूलो सम्मान र प्रेरणादायी’ भनेर प्रशंसा गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖