• Monday 5th of October 2026

मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु : गायिका एलिना


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् ।

‘मेरो फेसबुक आइडी प्रयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु’, उनी फेसबुकमा अगाडि लेख्छिन्– ‘सबैलाई अनुरोध छ, सावधान रहनुहोस् । त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् ।’

उनले आफ्नो कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्कमा आए तुरुन्त ब्लक र रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖