• Monday 5th of October 2026

विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् ।

उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् ।

नयाँ सन्तान लाभपछि विजयले अनलाइनखबरसँग भने, ‘म एकदमै खुसी छु । मालती मंगलको सुटिङबाट ब्रेक लिएर आएको हुँ ।’

उनले फेसबुकबाट फोटो सेयर गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।

उनी लेख्छन्, ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो प्रिय प्रमिला ।
न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ । धन्यवाद ममी डा. अरुणा कार्की एण्ड टिम ।’

विजय अहिले रामकृष्ण ढकालले निर्माण गरिरहेको फिल्म ‘मालती मंगले’मा ब्यस्त छन् । दशैं लगत्तै मुस्ताङमा ‘कबड्डी ५’को छायांकन चल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖