• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विमानको ल्यान्डिङ गियरमाथि बसेर अफगानिस्तानबाट कसरी दिल्ली आए १३ वर्षीय किशोर ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । अफगानिस्तानका एक १३ वर्षीय किशोरले निकै खतरनाक र अनौठो तरिका अपनाएर अफगानिस्तानबाट भारतको राजधानी नयाँ दिल्लीसम्मको यात्रा गरेका छन् ।

ती किशोर आइतबार विमानको ल्यान्डिङ गियरको माथिल्लो भागमा बसेर दिल्ली आइपुगेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सोधपुछ गरेपछि सोही विमानबाट अफगानिस्तान फर्काइएको छ ।

काम एयरलाइन्सको उडान नम्बर आरक्यू–४४०१ का चालक दलका सदस्यले ती किशोरलाई विमान नजिकै हिँडिरहेको देखेका थिए । उनीहरूले ती किशोरको गतिविधि संदिग्ध लाग्नासाथ विमानस्थलमा तैनाथ सुरक्षाकर्मीलाई यसबारे जानकारी गराएका थिए । सुरक्षाकर्मीले ती किशोरलाई सोधपुछका लागि टर्मिनल–३ मा लगेका थिए ।

यस क्रममा ती किशोर अफगानिस्तानको कुन्द्रुज प्रान्त निवासी रहेको पत्ता लागेको छ । ती किशोरले सुरक्षाकर्मीलाई बताए अनुसार उनी काबुल विमानस्थलमा सुटुक्क प्रवेश गरेका थिए । त्यसपछि उनी विमानको पछिल्लो भागमा रहेको सेन्ट्रल ल्यान्डिङ कम्पार्टमेन्टमा पुगेका थिए ।

यी किशोर विमानस्थलभित्र छिरेर विमानसम्म पुग्नुले काबुल विमानस्थलको सुरक्षा अवस्थाको गम्भीर अवस्थालाई चित्रण गरेको जानकारहरू बताउँछन् । विमानमा यसरी यात्रा गर्दा पनि सुरक्षित रहनु कुनै चमत्कारजस्तै रहेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖