• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इन्धनको निर्यातमा रुसले लगायो प्रतिबन्ध


  • धनकुटा खबर
  • .

मस्को । रुसले इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको छ । युक्रेनको ड्रोन आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमतामा उच्च कमी आएपछि यो वर्षको अन्त्यसम्मका लागि डिजेल र पेट्रोलको निर्यातमा आंशिक प्रतिबन्ध लगाइएको हो ।

रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने– ‘हामी पेट्रोल निर्यातमाथि प्रतिबन्धलाई वर्षको अन्त्यसम्म विस्तार गर्नेछौँ र डिजेल इन्धनको गैर–उत्पादकहरूको निर्यातमा पनि प्रतिबन्ध लगाइनेछ । यसले घरेलु बजारमा पेट्रोलियम उत्पादनहरूको आपूर्ति बढाउनेछ ।’

देशमा तेल उत्पादनहरूको थोरै अभाव छ भएको अनि हालको भण्डारले माग पूरा गर्न नसक्ने पनि उनले बताए । रिफाइनरीहरू बन्द भएकोले यसैबिच इन्धन आपूर्तिमा अवरोध भएको रुस–नियन्त्रित क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताए ।

२०२४ मा रुसले लगभग ८६ मिलियन मेट्रिक टन डिजेल उत्पादन गरेको थियो । यीमध्ये करिब ३१ मिलियन टन निर्यात गरिएको थियो । रुस र अमेरिका समुद्री मार्गबाट ​​डिजेलको शीर्ष निर्यातकर्ता हुन् । डिजेल निर्यातमा मध्यस्थकर्तालाई मात्रै प्रतिबन्ध लागू हुनेछ ।

पेट्रोल निर्यातमा प्रतिबन्ध भने उत्पादक र मध्यस्थकर्ता दुवैमा लागू हुने बताइएको छ । तर, यो प्रतिबन्ध अन्य देशहरूसँग रुसको अन्तरसरकारी सम्झौताहरूमा लागू नहुने बताइएको छ ।

युक्रेनी हवाई बलले यो हप्ता रुसी इन्ध्न उत्पादन स्थल र पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए । रुसले मार्चमा इन्धनको केही खाले निर्यातमा रोक लगाएको थियो । पछि जुलाईमा यो सबै प्रमुख उत्पादकमा लागू भए । रुस विश्वको सबैभन्दा ठुलो डिजेल उत्पादक हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖