• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको छ ।

आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ । पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाई गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ ।

प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ ।मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरू घाइते भएका थिए ।

अस्पतालमा उपचाररत उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ। यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖