• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ ।

जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।

इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।

उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो । ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।

उक्त भिडियो इजरायली सेनाले प्राप्त गरेको थियो र त्यसलाई गुप्तचर अधिकारीहरूले परिवारसँग शेयर गरेका थिए । बन्धक र हराइएका व्यक्तिहरूको परिवारका लागि बनेको फोरमले दिएको वक्तव्यमा भनिएको छ।

‘गाजामा भेटिएको यो जीवनको सङ्केत, जुन हामी आज तपाईंहरूसँग शेयर गरिरहेका छौँ, यसले उनी अझै जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ बलियो बनाउँछ,’ जोशीका परिवारले फोरममार्फत जारी गरेको वक्तव्यमा भनेको छ।

जोशी ती दुई बन्धकमध्ये एक हुन्, जसको अवस्थाबारे इजरायलले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । तर इजरायली सेनाले उनी मृत्यु भएको हालसम्म पुष्टि गरेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖