प्यालेस्टाइनको हमास समूहले सोमबारभित्र आफ्नो कब्जामा रहेका २० जीवित युद्धबन्दी छाड्ने भएको छ ।
इजरायल र हमासबिच बिहीबार बिहान इजिप्टमा भएको युद्धविराम सम्झौताअनुसार हमासले उनीहरूलाई छाड्ने भएको हो ।
तर, उक्त २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने छैन ।
