• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी गायिका केटी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन प्रेम सम्बन्धमा?


  • धनकुटा खबर
  • .

न्युयोर्क । अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको एकसाथको तस्बिर हालै भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्ध पो छ कि भन्ने अड्कल बलियो बनेको छ। केही समयअघिसम्म मित्रताको चर्चामा रहेका यी दुईको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ।

भाइरल तस्बिरमा ट्रुडो पेरीको व्यक्तिगत याटमा उनीसँगै देखिएका छन्। तस्बिर हेर्दा दुवैले एकअर्कासँग ‘पर्सनल र क्वालिटी’ समय बिताइरहेको देखिन्छ, जसमा उनीहरूले एकअर्कालाई चुम्बन गरिरहेको स्पष्ट देख्न सकिन्छ।

यसअघि, जुलाई महिनामा क्यानडाको मोन्ट्रियलमा यी दुईलाई एकसाथ डिनर गरिरहेको अवस्थामा भेटिएको थियो। ट्रुडोलाई केटी पेरीको कन्सर्टमा पनि देखिएको थियो।

क्यानडाको राजनीतिमा प्रसिद्ध व्यक्तित्व जस्टिन ट्रुडो र हलिउडकी चर्चित पप स्टार केटी पेरीको पृष्ठभूमि निकै फरक छ। नेटवर्थको हिसाबले ट्रुडोभन्दा पेरी निकै धनी छिन्।

अनुमान अनुसार, २०२५ सम्ममा ट्रुडोको नेटवर्थ ९ करोड ५० लाख डलर छ भने पेरीको नेटवर्थ झन्डै ४० करोड डलर रहेको छ। विश्वभर चर्चित पप आइकन पेरी र राजनीतिमा सीमित ट्रुडोको प्रेम सम्बन्धको खबरले अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖