• Monday 5th of October 2026

अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।

अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार, पौडेलसहित अर्का एक युवक पनि घटनामा घाइते भएका छन् । धन बहादुर गिरी नाम गरेका युवकसहित पौडेललाई अहिले कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको उनले बताए ।

‘महिलाले आफैंलाई जलाउने प्रयास गरेको भन्ने खबर पाएपछि हाम्रो टोली पुगेको थियो, अहिले अस्पताल लगिएको छ,’ एसपी भट्टराईले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖