• Monday 5th of October 2026

५० ओभर नै स्पीन बलिङ गरेर वेस्ट इन्डिजले बनायो कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिजले बंगलादेशसँगको दोस्रो एकदिवसीय खेलमा पूरै ५० ओभर स्पीन बलिङ गरेर नयाँ कीर्तिमान बनाएको छ।

मिरपुरस्थित शेर बंगला स्टेडियममा मंगलबार भएको खेलमा वेस्ट इन्डिजले सबै इनिङभर स्पीन बलर मात्र प्रयोग गरेको हो ।

यसअघि श्रीलंकाले एकदिवसीय क्रिकेटमा सर्वाधिक ४४ ओभर स्पिन फ्याँकेको रेकर्ड राखेको थियो। वेस्ट इन्डिजले यो रेकर्ड तोड्दै पहिलो पटक ५० ओभर पूरै स्पिनले बलिङ गरेको टोली बन्यो।

खेलको पिच पहिलो खेलझैं स्पीन बलरलाई सहयोगी थियो। वेस्ट इन्डिजले तीव्र बलर जेडेन सिल्स र रोमारियो शेफर्डलाई बाहिर राखी स्पिनर अकेल होसिन र डेब्यू ब्याटर एकिम अगस्टेलाई समावेश गर्‍यो। एक मात्र तीव्र बलर जस्टिन ग्रिभ्सलाई बलिङ नै गराइएन।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेज र अकेल होसिनले नयाँ बल लिए। त्यसपछि खारी पियरे र गुदाकेश मोतीले पनि उत्कृष्ट स्पिन प्रदर्शन गरे।

खेल भने वेस्ट इन्डिजले सुपर ओभरमा १ रनले जितेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖