केरला, भारत – राष्ट्रपति द्रौपदी मुर्मुको हेलिकप्टर बुधबार बिहान अवतरणका क्रममा सानो दुर्घटनामा परेको छ। शबरीमाला यात्रा सकेर फर्किँदै गरेकी मुर्मुको हेलिकप्टर प्रमादमस्थित राजीव गान्धी इनडोर स्टेडियममा भर्खरै तयार गरिएको कङ्क्रिट हेलिप्याडमा अवतरण गर्ने क्रममा पाङ्ग्रा धसिएको हो।
समाचार एजेन्सी पीटीआई का अनुसार, घटनाको समयमा हेलिकप्टरमा रहेका सबैजना सुरक्षित छन्। मुर्मु त्यहीँबाट सडक मार्ग हुँदै पम्बातर्फ प्रस्थान गरेकी थिइन्।
घटनापछि टेलिभिजन च्यानलहरूले प्रसारित भिडियोमा प्रहरी र दमकलकर्मीहरू हेलिकप्टरको पछाडिको भाग उठाउन प्रयास गर्दै गरेको देख्न सकिन्थ्यो।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, उक्त स्टेडियमलाई हेलिकप्टर अवतरण स्थलका रूपमा अन्तिम समयमा मात्र चयन गरिएको थियो। त्यसैले हेलिप्याड निर्माण कार्य मंगलबार राति ढिलोसम्म जारी थियो र पूर्ण रूपमा कडा नहुँदै प्रयोगमा ल्याइएको अनुमान गरिएको छ।
केही स्थानीय अधिकारीहरूले भने, यो घटना सावधानीपूर्वक तयारी नगरी हतारमा बनाइएको अवतरण स्थलको परिणाम हुनसक्छ भनेका छन्।
