• Monday 5th of October 2026

जेनजी आन्दोलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् सजाय भोग्न तयार छु:निश्चल बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता निश्चल बस्नेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा कहीँकतै ढुङ्गा हानेको,आगजनी गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अभिनेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले कतै पनि ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिए कि रोक्दै थिए स्पष्ट हुन्छ, त्यसैले कृपया म माथि छानबिन गर्न आग्रह गर्दछु ।’

उनले आफू भ्रष्टाचारको विरोध गर्न आन्दोलनमा गएको समेत बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖