• Monday 5th of October 2026

विवाह बन्धनमा बाँधिदै रश्मिका र विजय


  • धनकुटा खबर
  • .

मुम्बई । अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ।

भेन्यू छनोट गर्न रश्मिका हालै उदयपुर पुगेकी थिइन्। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, रश्मिका उदयपुर पुगेर तीन दिनसम्म सम्भावित विवाह स्थलहरूको निरीक्षण गरेकी थिइन्। यद्यपि, उनले कुनै भेन्यू बुक गरेको बारेमा भने जानकारी आएको छैन।

यसबिच इन्डिया टुडेले पनि विजयका एक निकट स्रोतलाई उद्धृत गर्दै यो जोडीले आगामी वर्ष विवाह गर्ने दाबी गरेको छ। विवाह साउथ इन्डियन र राजस्थानी दुवै रीतिरिवाजअनुसार हुनेछ, जसमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।

हालै एम९ न्यूजले रश्मिका र विजयले परिवार तथा नजिकका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरिसकेको दाबी गरेको थियो। इन्गेजमेन्टपछि दुवै जना आ–आफ्नो औँठी देखाउँदै गरेका भिडिओहरू पनि सार्वजनिक भएका छन्।

विजय र रश्मिकाले अहिलेसम्म आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। रश्मिकाले सन् २०१६ मा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय करियर सुरु गरेकी थिइन् र सन् २०१८ को तेलुगु फिल्म ‘गीता गोविन्दम’ बाट ठूलो पहिचान पाएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖