• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली बम विस्फोटमा नेपाल कडी, आतंकवादीले १७ मोबाइल तथा सिम नेपाल र भारतबाट किनेको खुलासा


  • धनकुटा खबर
  • .

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो सोमबार भएको घातक बम विस्फोटको अनुसन्धानमा महत्वपूर्ण तथ्य फेला परेको छ। १३ जनाको मृत्यु भएको घटनामा संलग्न आतंकवादी समूहले मोबाइल र सिमकार्ड नेपाल र भारतका दुई भिन्न स्थानबाट खरीद गरेको नयाँ जानकारी सार्वजनिक भएको छ।

अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार आतंकवादीहरूले विस्फोट संचालनका लागि नेपालबाट सात सेकेन्ड–ह्यान्ड मोबाइल फोन किनेका थिए। साथै १७ वटा सिमकार्ड प्रयोग गरिएको पाइएको छ, जसमा ६ वटा सिम उत्तर प्रदेशको कानपुरमा किनिएका थिए। ती सिममध्ये दुईवटाको दर्ता कानपुरको बेकनगञ्ज क्षेत्रमा भएका परिचयपत्रमार्फत गरिएको पुष्टि भएको छ।

सुरक्षाकर्मीले यस आधारमा तत्काल कारबाही सुरु गरेको जनाएको छ।

अनुसन्धानमा अर्को ठूलो खुलासा भनेका तीनजना चिकित्सकहरू मुख्य आरोपित डा उमर मोहम्मदसँग विस्फोट हुन एक घण्टा अगाडि सम्म निरन्तर सम्पर्कमा रहेको पत्ता लागेको हो। डा उमरले ह्युन्डाइ आई२० कारमा राखिएको बम लालकिला नजिक विस्फोट गराएको आरोप छ।

सम्पर्कमा रहेका चिकित्सकमध्ये
[1] डा परवेज, लखनउको इन्टेग्रल युनिभर्सिटीका सहप्राध्यापक र दिल्ली विस्फोट प्रकरणकी पक्राउ परेकी डा शाहिन सईदका दाजु
[2] डा मोहम्मद आरिफ, कानपुरको सरकारी जीएसभिएम मेडिकल कलेजमा कार्यरत र शुक्रबार पक्राउ
[3] डा फारुक अहमद दार, जीएस मेडिकल कलेजका सहप्राध्यापक

डा शाहिन र डा मुजम्मिल पनि नोभेम्बर ८ सम्म आरोपित डा उमरसँग प्रत्यक्ष सम्पर्कमा रहेका थिए।

स्रोतअनुसार, आतंकवादी समूहले विस्फोट योजनालाई चार हप्तासम्म तयारी गरेको थियो। योजना अक्टोबर २ मा सुरु भएको र अक्टोबर २८ मा अन्तिम रूप दिएको बताइएको छ।

दिल्ली पुलिसको स्पेशल सेलले बेकनगञ्जमा रहेका सम्बन्धित व्यक्तिहरूलाई सोधपुछ गरिरहेको छ। केहीलाई ६ घण्टा सम्म सोधपुछ गरिए पनि ठोस जानकारी नआएको प्रारम्भिक विवरणमा जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖