• Monday 5th of October 2026

सन्दीप सहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत


  • धनकुटा खबर
  • .

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा सन्दीप लामिछानेसहित नेपालका पाँच खेलाडी सूचीकृत भएका छन्।

सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी, आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा सूचीकृत भएका छन्।

यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖