• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने


  • धनकुटा खबर
  • .

काठमाडाैँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ।

अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकका ग्रीन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्।

बीबीसीका अनुसार जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियेरा लियोन, तुर्कमेनिस्तान र तोगो छन् ।

यो निर्णय वाशिंगटन डीसीमा केही दिनअघि भएको गोलीकाण्डपछि आएको समाचारमा उल्लेख छ। एक अफगान नागरिकले दुई जना नेशनल गार्डमाथि गोली चलाएको आरोप लागेको थियो, जसमा एक गार्डको मृत्यु भएको थियो।

पक्राउ परेका रहमानुल्लाह लकनवाल २०२१ मा विशेष आप्रवासन कार्यक्रममार्फत अमेरिकाको भूमिमा पुगेको समाचारमा उल्लेख छ। उक्त कार्यक्रम अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्तीसँगै जोखिममा परेका अफगान नागरिकलाई संरक्षण दिने उद्देश्यले सुरु गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖