• Monday 5th of October 2026

एलिनाले भनिन्- दोस्रो बिहेमा हेलिकोप्टरमा हेल्मेट लगाउँछु


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहानले वैवाहिक समारोहका क्रममा खेलिने मौलिक प्रथा रत्यौलीलाई लिएर आलोचनात्मक टिप्पणी गरेकी छन् । रत्यौलीका नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गर्नुपर्ने उनको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै एलिनाले परम्पराको आड लिएर कसैलाई ठेस पुर्‍याउनु नहुने समेत बताएकी छन् ।

उनी लेख्छिन्, ‘रत्यौलीको नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गरौँ । संस्कृति भनेको सम्मान हो, अत्याचार होइन । परम्पराको आड लिई कसैलाई ठेस नपुर्‍याऔँ । छोरीबुहारी सबैलाई समान सम्मान दिन सिकौँ। संस्कृति जोगाऔँ तर दुर्व्यवहार बन्द गरौँ ।’

आफ्नो यो स्टाटसमा कटाक्षयुक्त प्रतिक्रिया लेख्ने एक जनालाई उनले टर्रो जवाफसमेत फर्काएकी छन् । कमेन्ट बक्समा एक फेक आइडीबाट लेखिएको थियो, ‘योबारेमा हामी विष्णे दाइसँग छलफल गर्नेछौं चिन्ता नगर ।’

त्यसमा जवाफ दिँदै एलिना लेख्छिन्, पहिला अनुहार देखाउन सक्ने बन अनि छलफल गर्लास् ।’

इस्कोन रविन नामको आइडीबाट छुचो भाषामा कमेन्ट गरिएको छ- तेरो पैलो कि दोस्रो बिहेमा हेल्मेट नलाई बाइकमा हिँड्ने काम त्यो पनि बन्द गर्न पर्थ्यो ।

त्यसैमा एलिनाले जवाफ दिएकी छन्, ‘पछाडि बस्नेले कहिलेदेखि हेल्मेट लाउने नियम आएछ नेपालमा ? पहिलो बिहे हो त्यो, दोस्रो बिहेमा हेलिकोप्टरमा हेल्मट लगाएर तिमीलाई भिडिओ पठाउँला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖