• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सडक दुर्घटना : ९ जनाको मृत्यु, ७ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आइतबार सिह्नवा समाचार एजेन्सीले जनाएअनुसार दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागमा क्रमिक रूपमा भएको थियो ।

पाँच ठूला सवारीसाधन र सात कारहरू आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।

घाइतेहरूलाई उद्धारकर्मीहरूले अत्यन्तै चाँडो अस्पताल पुर्‍याएर आपत्कालीन उपचारको व्यवस्था गरिएको छ । अधिकारीहरूका अनुसार एकाएक लागेको बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको अनुमान गरिएको छ ।

घटनाको कारण र विस्तृत विवरण पत्ता लगाउन स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖