• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

थप ठूलो भूकम्प (मेगाक्वेक) आउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह


  • धनकुटा खबर
  • .

जापानको आओमोरी प्रान्तमा डिसेम्बर ८ मा गएको शक्तिशाली भूकम्पपछि सरकारले थप ठूलो भूकम्प (मेगाक्वेक) आउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ।

यो ‘भूकम्पपछिको सल्लाह’ (Subsequent Earthquake Advisory) होक्काइदोदेखि चिबासम्मका १८२ नगरपालिकाहरूमा लागू गरिएको छ।

जापानी रेड क्रस होक्काइदो कलेज अफ नर्सिङका प्राध्यापक मासाहिरो नेमोतोले जाडो मौसममा भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीबारे विशेष सुझाव दिएका छन्। उनी भन्छन्, “जाडोमा जीउ वा लुगा भिजेमा शरीरको तापक्रम छिटो घट्न सक्छ र हाइपोथर्मियाको जोखिम हुन्छ।” त्यसैले शरीर पूरै ढाक्ने गरी पानी नछिर्ने लुगा (रेनकोट), टोपी र पन्जा तयार राख्न उनले सल्लाह दिएका छन्।

साथै, पोर्टेबल ट्वाइलेट, औषधि र तातो लुगाहरू तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ।

सरकारी तथ्याङ्क अनुसार पूर्वतयारी र सचेतना अपनाएमा सम्भावित मानवीय क्षतिलाई ८० प्रतिशतले कम गर्न सकिने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖