काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगर धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी छन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट सिफारिसमा परेकी हुन् ।
थुप्रै चर्चित गीतहरू दिएकी थापाको पछिल्लो गीत ‘माउरी भुल्यो रसैमा’, ‘ए आमा जाम भन्यो मलाई’ लगायत चर्चामा छन् ।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
