काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएको कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।
महाधिवेशनबाट पदाधिकारी १९ जना निर्वाचित हुनेछन् । तर १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको अन्तिम नामावलीअनुसार १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।
