• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसका ४५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, चिरिबाबु र निस्कल पहिलो र दोस्रो


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी भएका छन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जनले पाँच हजार ३३० मत ल्याए । प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निस्ल राई चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहे। 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मतसहित तेस्रो स्थानमा रहे ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा डा. गोविन्दराज पोखरेल, मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रवल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ छन् ।

यस्तै, डा. शोभाकर पराजुली, विद्वान् गुरुङ, अर्जुनप्रसाद जोशी, अमृत ज्ञवाली, सन्दीप राना, नवराज त्रिपाठी, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मीनकृष्ण महर्जन, बलदेव तिमल्सिना छन् ।

यसैगरी, महेश खरेल, जन्मजय तिमल्सिना, युवराज पाण्डेय, कुमार लुइँटेल, ऋषि कोइराला, दीपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई र महेन्द्रकुमार शर्मा छन् ।

केन्द्रीय सदस्य विजयी हुनेमा डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलकबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाशसिंह कार्की, डा. मुक्तिराम श्रेष्ठ, कृष्ण रिजाल, नीलकण्ठ रिजाल र सुधांशु कोइराला छन् ।
४५ मध्ये केही संख्यामा मात्र पुराना केन्द्रीय सदस्य दोहोरिएका छन् । अधिकांश नयाँ अनुहार केन्द्रीय समितिमा आएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖