काठमाडौ । दशैं मनाउन काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा ९ जना यात्रु सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार गोलञ्जोर गाउँपालिकास्थित खुर्कोटमा बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस यात्रु चढाउने क्रममा ब्याक गर्ने क्रममा दुर्घटनामा परेको हो ।
खाना खाएर यात्रु चढाउँदै गर्दा बसको पछाडिको चक्का अचानक नालामा परेपछि बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ९ जनालाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिएका छन् ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
