• Monday 5th of October 2026

प्रख्यात फुटबलर मारियो पिनिडाको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या भएको छ ।

उनि आबद्ध क्लब बार्सिलोना एससीले सामाजिक सञ्जालमार्फत पिनिडाको निधन भएको पुष्टि गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

३३ वर्षीय पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोटमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थिए । पछिल्ला वर्षहरूमा ग्वायाकिलमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह हिंसा बढ्दै गएको छ, जसको चपेटामा फुटबल खेलाडीहरू पनि पर्न थालेका छन् ।

इक्वेडरको गृह मन्त्रालयले घटनाबारे अनुसन्धान सुरु गरिएको र अपराधी पहिचानका लागि विशेष प्रहरी परिचालन गरिएको जनाएको छ । बढ्दो आपराधिक हिंसाले इक्वेडरको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖