• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रवि-बालेन भेटवार्ताबारे रास्वपा उपसभापति अर्याल भन्छन्– तीनवटा विषयमा ‘सुखद संवाद’ भयो


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच तीनवटा विषयमा ‘सुखद संवाद’ भएको रास्वपा उपसभापति डिपी अर्यालले बताएका छन्।

रवि र बालेनबीच सोमबार राति करिब ६ घन्टा कुराकानी भएको थियो। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको उक्त भेटवार्ता मध्यरात करिब साढे १ बजेसम्म चलेको थियो। भेटवार्तापछि रवि र बालेन एउटै गाडीमा असिमको घरबाट बाहिरिएका थिए।

यति लामो संवादमा उनीहरूबीच के के कुराकानी भयो भनेर हामीले रास्वपा उपसभापति अर्याललाई सोधेका छौं। भेटवार्तामा रास्वपा तर्फबाट अर्याल पनि सहभागी थिए।

उपसभापति अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको अवस्था र आगामी चुनावलाई लिएर विस्तृत छलफल भएको जानकारी दिए।

‘मुख्य तीन विषयमा संवाद भयो,’ उनले भने, ‘एउटा त भर्खरै पितृशोकबाट बाहिर आउनुभएका बालेनजी र लामो समय जेल बसेर आउनुभएका रविजीले एकअर्कासँग व्यक्तिगत कुराकानी गर्नुभयो।’

दोस्रो, भदौ २३ र २४ को घटनालाई कसरी हेर्ने, कसरी भयो र त्यसले राजनीतिक दलहरूको अवस्थामा कस्तो प्रभाव पारेको छ भन्नेबारे विश्लेषण गरिएको अर्यालले बताए।

तेस्रो, फागुन २१ को चुनावमा बालेन र रास्वपा सँगसँगै मिलेर जानेबारे सुखद कुराकानी भएको जानकारी अर्यालले दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖