काठमाडौँ । चर्चित गायिका एलिना चौहानले आफ्नो पीडा र समाजको दोहोरो चरित्रप्रति कडा कटाक्ष गरेकी छन् ।
उनले मंगलबार फेसबुकमा लेखेकी छन्, ‘आफ्नो छोरीलाई काखमा च्यापेर अरूको छोरीको नानाथरी कुरा गर्ने मानिसहरूलाई देख्दा मन भित्रैदेखि दुख्छ ।’
समाजमा अरूका छोरीहरूको विषयमा नकारात्मक टिप्पणी गर्ने तर आफ्ना सन्तानलाई मात्र माया गर्ने प्रवृत्तिप्रति चित्त दुखाएकी उनले अगाडि लेखेकी छन्, ‘म भगवानसँग यही प्रार्थना गर्छु मैले भोगेका पीडा, अपमान र अन्याय ती मानिसहरूको छोरीले कहिल्यै भोग्नु नपरोस् ।’
एलिनाले आफ्नो विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्णी हुने क्रम नरोकिएपछि यस्तो बताएको बुझिएको छ ।
