• Sunday 4th of October 2026

कलाले एलिनालाई भनिन्- तपाईंको छुटेको प्रेम किन्न सक्नुहुन्छ ? एलिनाको कडा आ’क्रोश, छुटेको प्रेम होइन, मैले छोडेको श्रीमान हो,फ्रीमा दिए पनि चाहिँदैन


  • धनकुटा खबर
  • .

गायिका एलिना चौहान र कला लम्सालबीचको वि’वाद झनै चर्किँदै, कलाले भनिन्- तपाईंको छुटेको प्रेम किन्न सक्नुहुन्छ ? एलिनाको कडा आ’क्रोश, छुटेको प्रेम होइन, मैले छोडेको श्रीमान हो । फ्रीमा दिए पनि चाहिँदैन ।

मेरो पोस्ट । चर्चित गायिका एलिना चौहान र कला लम्सालबीचको वि’वाद पछिल्लो समय झनै चर्किँदै गएको छ। दुवै गायिकाले सार्वजनिक रूपमा एकअर्कामाथि कडा आरोप–प्रत्यारोप गरिरहेका छन्। यसैक्रममा कला लम्सालले फेरि एक कार्यक्रममा टिप्पणी गर्दै भनेकी थिइन्, “यदि पैसाले किड्नी किन्न सकिने भए संसारका अर्बपति–करोडपतिले आफ्ना आफन्तलाई बचाइसक्थे होला। बहिनालाई एउटा प्रश्न, तपाईंको छुटेको प्रेम किन्न सक्नुहुन्छ?”

कला लम्सालको उक्त अभिव्यक्तिपछि गायिका एलिना चौहानले पनि कडा प्रतिक्रिया जनाएकी छन्। एलिनाले जवाफ दिँदै भनिन्, “तपाईंको कि’ड्नी मलाई चाहिँदैन, मेरो कि’ड्नी फिट एन्ड फाइन छ। तपाईं कुन जमानामा हुनुहुन्छ? करोडपति–खरबपतिले कि’ड्नी किन्न पाउँदैनन् भन्ने तपाईंलाई थाहा छैन? पूर्व प्रधानमन्त्रीले कि’ड्नी प्रत्या’रोपण गराएको थाहा छैन?”

उनले थपिन्, “मैले कि’ड्नी किन्न सक्ने औकात बनाइसकेको छु। तपाईंको सिक्री चो’र्नुपर्ने अवस्था छैन। छुटेको प्रेम होइन, मैले छोडेको श्रीमान हो। फ्रीमा दिए पनि चाहिँदैन, पैसा दिए नि लैजाउ भनेनी चाहिदैन । म आफैंले छोडेको हो, छुटेको होइन। परेवा मुटु लिएर ट’क्कर नगर्नुस्, मसँग सक्नुहुन्न।”

दुवै गायिकाबीचको यो सार्वजनिक वाकयुद्धले सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रतिक्रिया जन्माएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖