न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले न्युयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताएका छन् ।
अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई भने ‘म निर्दोष छु, मैले कुनै अपराध गरेको छैन ।’ उनले आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताए ।
मादुरोविरुद्धको यस मुद्दाको अर्को सुनुवाइ मार्च १७ का लागि तय गरिएको छ ।
