• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उपराष्ट्रपति जेडी भान्सको घरमा तोडफोड गर्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

ओहायो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको ओहायोस्थित निवासमा झ्यालका सिसा फुटाउने र सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। अमेरिकी सेक्रेट सर्भिसले सोमबार बिहान सबेरै २६ वर्षीय विलियम डी. डिफुरलाई नियन्त्रणमा लिएको हो।

ओहायोको दक्षिणी जिल्लास्थित सरकारी वकिलको कार्यालयका अनुसार डिफुरमाथि सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको, निषेधित क्षेत्रमा भौतिक हिंसा गरेको र संघीय अधिकारीहरूलाई बाधा पुर्‍याएको जस्ता संघीय आरोपहरू लगाइएको छ।

सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले सार्वजनिक गरेको विवरण अनुसार सिनसिनाटी सहरको पूर्वमा रहेको भान्सको घरमा खटिएका एजेन्टहरूले मध्यरातमा एक व्यक्तिलाई घरको अगाडिको बारमा दौडिरहेको र सिमाना मिचेको देखेका थिए। हातमा हतौडा बोकेका ती व्यक्तिले घरको पार्किङमा राखिएको सेक्रेट सर्भिसको एउटा गाडीमा तोडफोड गरेका थिए भने त्यसपछि घरको अगाडि पुगेर झ्यालका सिसाहरू फुटाएका थिए।

घटनाका समयमा उपराष्ट्रपति भान्स र उनको परिवार घरमा थिएनन्। उनीहरू सप्ताहान्त मनाएर आइतबार नै वासिङ्टन फर्किसकेका थिए।

अधिकारीहरूले घटनास्थलबाट भाग्न खोज्दा डिफुरलाई नियन्त्रणमा लिएका थिए। प्रारम्भिक प्रतिवेदनका अनुसार ती व्यक्तिले करिब २८ हजार डलर बराबरको सम्पत्ति क्षति पुर्‍याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖