• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भेनेजुएलाको राष्ट्रपति भवनमा गोली चल्यो, दरबारमाथि अज्ञान ड्रोनहरू उड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । समाचार एजेन्सी एएफपीका अनुसार सोमबार राति भेनेजुएलाको राष्ट्रपति दरबार नजिकै गोली चलेको खबर आएको छ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा गोलीबारी भएको बताएका छन् भने सरकार निकट स्रोतले स्थिति नियन्त्रणमा रहेको बताएको छ।

स्रोतका अनुसार राजधानी काराकासको मध्य भागमा रहेको मिराफ्लोरेस दरबारमाथि अज्ञात ड्रोनहरू उडिरहेको देखिएको थियो, त्यसपछि स्थानीय समय अनुसार राति ८ बजेतिर सुरक्षा बलले जवाफी फायरिङ गरेको थियो।

उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टापछि यो खबर आएको हो।

भेनेजुएला राष्ट्रपति दरबार, आधिकारिक रूपमा मिराफ्लोरेस दरबारको रूपमा चिनिन्छ । यो राष्ट्रपतिको मुख्य कार्यालय हो र यो काराकसमा अवस्थित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖